सुचना, समाचार र मनोरन्जन

नेपाल भ्रमणमा आइपुग्यो उच्चस्तरीय चिनियाँ टोली

काठमाडौँ,

चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा ९सरला०को नेतृत्वको एक टोली नेपाल आइपुगेको छ ।

चिनियाँ टोली तीन दिनसम्म नेपाल भ्रमणमा रहने नेपालस्थित चिनियाँ राजदूतावास स्रोतले जनाएको छ । जेनजी आन्दोलनपछि चीनबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । देशको बदलिँदो परिस्थिति, चुनावलगायतका विषय बुझ्न यो टोली नेपाल आएको बताइएको छ ।

झेङ नेपाल मामिलाका जानकार हुन् । उनी नेपाली भाषा पनि राम्ररी बोल्छिन् । विभिन्न उच्चस्तरीय भ्रमणमा नेपाल आइसकेकी उनी यसपटक भ्रमण टोलीको नेतृत्व गरेर नै आएकी हुन् ।

Leave A Reply

Your email address will not be published.