Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘ग्लोबल डान्स लिग’मा नेपालको ऐतिहासिक सफलता: १६ राष्ट्रलाई पछि पार्दै ३ स्वर्णसहित ४ पदक
- घोडाबाट लडेको विजय बराल दरिए, सुटिङ सुरु भयो ‘सिन्दुरे जात्रा’
- टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन–२’मा गौरी मल्लको प्रवेश
- ‘ल्याङ्ग ल्याङ्ग’मा सन्तोष बानियाँको एन्ट्री
- एन्डी बर्नह्याम बने बेलायतका ५९औं प्रधानमन्त्री
- उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य
- देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका: प्रधानमन्त्री शाह
- बुधबारदेखि क्रमशः वर्षा कम हुँदै जाने
- रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर
- ‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
चितवन,
चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको क्षतिबापत रु एक करोड २९ लाख ९८ हजार ३०७ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्न बाली तथा पशुधन क्षतिबापत सो रकम राहत वितरण गरेको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्जयजन्तुका कारण मानिसमा सामान्य क्षति भएको उपचारका लागि रु एक लाख ३४ हजार १७६, गम्भीर घाइतको उपचारका लागि रु २९ लाख ४२ हजार ४८१, पाँच जना मानिसको मृत्यु भएको र उनीहरुलाई रु ५० लाख राहत प्रदान गरिएको छ ।
यस्तै वन्यजन्तुबाट पशुधनमा भएको क्षतिबापत रु २३ लाख ६० हजार २००, भण्डारण गरेको अन्न क्षतिबापत रु ७० हजार, घरगोठ क्षतिबापत रु तीन लाख ३९ हजार ६५०, अन्न बाली क्षतिबापत रु २१ लाख आठ हजार ३००, कुखुरा क्षतितर्फ रु ४३ हजार ५०० राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा बसोबास गर्ने नागरिकलाई वन्यजन्तुले पु¥याएको क्षतिबापत हरेक वर्ष राहत प्रदान गर्दै आएको छ ।
Prev Post