Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- महेश र अञ्जनाको मुख्य भूमिका रहने फिल्म ‘आशा’ को घोषणा, माघ १ गते प्रदर्शन हुने
- महानायक राजेश हमालको राजनीतिक विमर्श: सरकारको सय दिन, परराष्ट्र नीति र युवा आन्दोलनमाथि टिप्पणी
- पप गायक राजु लामाद्वारा युरोपको सर्वोच्च शिखर ‘माउन्ट एल्ब्रस’ को सफल आरोहण
- रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन
- ‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा
- राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित
- प्रधानमन्त्री र मन्त्रीविरुद्ध चुइक्क नबोल्न ओलीको आग्रह
- चितवनका सबै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
- पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
- राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
तनहुँमा फेला परेको घाइते चितुवाको उद्धार
तनहुँ,
भानु नगरपालिका–१० कालीमाटीस्थित जङ्गलमा घाइते अवस्थामा फेला परेको चितुवाको आज उद्धार गरिएको छ । डिभिजन वन कार्यालयको टोलीले घाइते अवस्थामा रहेको चितुवाको उद्धार गरेको हो ।
घाइते चितुवा पोथी प्रजातिको वयस्क रहेको डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले जानकारी दिए । स्थानीयवासीबाट जानकारीमा आएपछि कार्यालयको टोलीले उद्धार गरी उपचारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र ल्याइएको छ । चितुवाको टाउको र शरीरका विभिन्न भागमा चोट रहेको उनले बताए ।
प्रमुख भाटले भने, “स्थानीयवासीलाई आक्रमण गर्न आएको र ढुङ्गा हान्ने क्रममा चितुवा घाइते भएको स्थानीयवासीले बताएका छन् ।” घाइते चितुवालाई वन कार्यालयको निगरानीमा राखी पूर्ण स्वस्थ भएपछि सुरक्षित स्थानमा छाडिने उनले बताए ।