Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन,मदनकृष्णलाई लाइफटाइम एचिभमेन्ट अवार्ड
- डोकोमा घाँस बोकेर सडक–सडक डुल्दै ‘गौँथली’ सिम्रन
- ‘हिमालयन इन्टरनेसनल अवार्ड’ मा अमर वान्तु र हरि ढुङ्गेललाई ‘दीर्घसाधना सम्मान’ प्रदान
- आइआइएफटिको ‘ड्रेस टु इम्प्रेस’: प्रेशा, सुस्मिता, जया र सृजना बने उत्कृष्ट फेसन डिजाइनर
- भटभटे माइला अब फिल्मका नायक, ‘तीन तीघ्रे क्या बिग्रे’मा बेगम नेपाली
- दीपाको‘ब्रेन ट्युमर’को शल्यक्रिया सफल, आइसियूबाट जनरल वार्डमा सारियो
- ‘गौँथली’को अमेरिका राइट्स सेभेन सिसले किन्यो, प्रदर्शन मिति तय
- बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
- नयाँ शैक्षिक कन्सल्टेन्सी नियमावलीविरुद्ध व्यवसायी एकजुट, आन्दोलनको चेतावनी
- कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित
भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
काठमाडौँ,
भारतीय गृहमन्त्री अमित साहले आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका लागि ४० किलो चन्दन अर्पण गर्नुभएको छ । भारतीय गृहमन्त्रीले पठाउनुभएको चन्दन पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरणको संयोजन प्रतिनिधिसभा सदस्य सन्दीप रानाले गर्नुभयो ।
भारतबाट पशुपतिनाथको शिरमा श्रीयन्त्र पूजा गर्न प्रत्येक वर्ष विशेष प्रकारको चन्दन अर्पण हुने गरेको छ । गतवर्ष गोआका मन्त्रीले पशुपतिनाथलाई ३५ किलो चन्दन अर्पण गर्नुभएको थियो ।
पशुपतिनाथका मूल अर्चकले बुझ्नुभएको चन्दन आजै गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मालाई भण्डारणका लागि जिम्मा लगाउनुभएको छ । नेपाल र भारतका जनता जनताबीचको धार्मिक एवं सांस्कृतिक सम्बन्धका कारण भारतमा हुने विशेष प्रकारको चन्दन प्रत्येक वर्ष आराध्यदेव भगवान् श्री पशुपतिनाथलाई प्राप्त हुने गरेको छ ।
Prev Post