सुचना, समाचार र मनोरन्जन

‘सिटामोल’को फस्ट लुकमा जनयुद्धका घाइते ‘सौगात’,आमा बनेकी बेनिशा

काठमाडौं :

नेपालमा दश वर्षे सशस्त्र जनयुद्धको घाउ अहिले पनि उतिकै मात्रामा चर्याइ रहेको छ। त्यो बेला सरकार र तत्कालिन बिद्रोहीपक्षबीचको मारमा परेका जनता अहिले पनि त्रसिद छ। सरकार र बिद्रोहीबीचको भिडन्तमा परेको एक युवाको कथामा आधारित रहेर निर्माण भइरहेको फिल्म ‘सिटामोल’को फस्ट लुक्स सार्वजनिक भएको छ।

फिल्मको सिन्धुलीमा धमाधम छायांकन भइहेको अवस्थामा निर्माण टिमले फिल्मका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालको फस्ट लुक्स सार्वजनिक गरेको हो। लुक्समा अभिनेता सौगात वैशाखी र भाले बोकेका छन् भने बेनिशाले बच्चा बोकेकी छन् । जसले पनि जनयुद्धका घाइतेको कथा फिल्ममा बुनिएको अनुमान लगाउन सकिन्छ।

निर्माण पक्ष आफैले पनि फिल्ममा सौगात माओवादी जनयुद्धका घाइतेको भूमिकामा देखिने जनाइ सकेको छ। फिल्ममा सौगात, बेनिशाका अलवा लोकेन्द्र लेखकको पनि मुख्य भुमिका रहने छ। बाबुल गिरीको संगीत रहेको फिल्ममा दिव्य सुवेदीको छायांकन छ । फिल्ममा रमेश वन गोसाईं र श्याम थापाको लगानी छ ।

Leave A Reply

Your email address will not be published.