सुचना, समाचार र मनोरन्जन

सुन्दर खनालले ल्याउँदैछन् छुट्टै शो कमेडी बाज, टिजर सार्वजनिक

काठमाडौँ :

‘कमेडी दरबार’बाट चर्चामा आएका कमेडियन सुन्दर खनाल अब आफ्नै नयाँ हास्य शो ‘कमेडी बाज’ लिएर आउने भएका छन्। उनले एक टिजर सार्वजनिक गर्दै शोबारे छोटो जानकारी दिएका हुन्।

सार्वजनिक टिजरमा एक्सनलाई विशेष प्राथमिकता दिइएको देखिन्छ। यद्यपि शोको विस्तृत फर्म्याटबारे भने अझै खुलाइएको छैन।

बुझिएअनुसार ‘कमेडी बाज’ रोस्टिङ शैलीको शो हुनेछ, जहाँ विभिन्न क्षेत्रका पाहुनालाई निमन्त्रणा गरिनेछ र उनीहरूमाथि हास्य प्रस्तुत गरिनेछ। शोबारे खनाल भन्छन्, “शोको मूल अवधारणा ‘ब्याटल’ फर्म्याटमा आधारित छ। अहिलेका लागि यत्ति भनौँ, बाँकी कुरा पूर्ण एपिसोडमा देखाउनेछौँ।”

उनका अनुसार ‘कमेडी बाज’ ईमेल टेलिभिजन र सुन्दर खनालको युट्युब च्यानलमार्फत प्रसारण गरिनेछ। टिजरमार्फत शोका होस्टहरू सुन्दर खनाल र आरती थापालाई औपचारिक रूपमा सार्वजनिक गरिएको छ। साथै पवन खतिवडा (म्याकुरी), विश्वास तिमल्सिना (बिटी कान्छा), सरोज भण्डारी, सीता न्यौपाने, शुसान्त बस्याल, आशिष न्यौपाने र निश्चल अर्याललगायतका कमेडियनहरू पनि शोमा देखिनेछन्।

यो शो यही वैशाखको दोस्रो सातादेखि प्रसारण हुने बताइएको छ। ‘कमेडी बाज’मा देखिने अधिकांश कलाकार ‘कमेडी दरबार’सँग आबद्ध रहेका छन्। यसबारे कलाकारहरूले भने दुवै शोमा देखिने स्पष्ट पारेका छन्।

Leave A Reply

Your email address will not be published.