सुचना, समाचार र मनोरन्जन
Sarangi

कांग्रेस कास्कीद्वारा भूकम्पपीडितलाई ८ लाख सहयोग

पोखरा ।

नेपाली कांग्रेस कास्कीले जाजरकोट भूकम्पका पीडितलाई आर्थिक सहयोग गरेको छ । पार्टी निकट नेता कार्यकर्ता र सङ्घ संस्थाबाट उठाएर ८ लाख २ हजार रुपैयाँ सहयोग गरेको हो ।

यसबाहेक ४२ हजार बराबरको कुर्ता सुरुवाल र १७ हजार बराबरको साडी र सुट पनि सहयोग गरिएको छ । कार्यसमिति र शुभेच्छुकबाट सहयोग सङ्कलन गरिएको सभापति किशोरदत्त बरालले जानकारी दिए ।

उक्त सहयोग उनीहरुले प्रभावित क्षेत्रमै पुगेर हस्तान्तरण गर्ने बरालले बताए । राहत सङ्कलनमा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए ।

Leave A Reply

Your email address will not be published.