Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- असार २० गते शनिबारको राशिफल पढ्नुहोस
- फ्लपको ट्याग हट्यो: ३१ ब्लकबस्टरको सूचीमा अनमोल केसीको दमदार ‘इन्ट्री’
- प्रियंका कार्कीको ‘मास्टर्नी’ भदौ ५ मा आउने, पोस्टरमा देखियो रहस्यमयी रूप
- मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
- बालखैमा बिहे गरेकी गौँथलीलाई सासुले कुटिन्,सासुको कुटाई सहन नसक्दा हिडिन माइती(भिडियोसहित)
- ‘लज्जावती’ सुन्दरी मेनुकाको नयाँ मिसन: ‘फेस अफ नेपाल-२०२६’ को खोजी सुरु!
- पर्यटनको अपार सम्भावना बोकेको पञ्चासे, पूर्वाधार अभावले ओझेलमा
- पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा
- नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
- पाल्पाबाट दालचिनी भारत निर्यात
मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन
गोरखा,
मनास्लु हिमाल आरोहीबाट रु १५ करोड राजस्व सङ्कलन भएको छ । यस वर्ष हिमाल आरोहणका लागि अनुमति लिएका ३७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर अर्थात् रु १५ करोड ७६ लाख ४० हजार १९५ राजस्व सङ्कलन भएको पर्यटन विभागले जनाएको छ ।
आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस वर्ष ३१ समूहका ३७४ जनाले अनुमति लिएका विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए । उनीहरुमध्ये ९५ महिला र २७९ पुरुष हुन् । ४२ विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीबाट कुल रु १९ करोड राजस्व सङ्कलन भएको थियो । त्यसमध्ये झन्डै रु १६ करोड मनास्लुबाटै सङ्कलन भएको छ । कुल ८०२ आरोहीमध्य ३७४ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएका हुन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि चार जनाले मात्र अनुमति लिएका थिए । उनीहरुबाट रु ४२ लाख १२ हजार ३७५ राजस्व सङ्कलन भएको छ । आठ हजार मिटरभन्दा अग्लो धौलागिरि आरोहणका लागि १० जनाले, ल्होत्से, मकालु र चोयू आरोहणका लागि दुई–दुई जनाले मात्र अनुमति लिएका विभागले जनाएको छ ।
विश्वको आठौँ, नेपालको सातौँ अग्लो हिमाल भनेर चिनिने मनास्लु चुमनुब्री गाउँपालिका–१ सामागाउँमा अवस्थित छ । यो याममा अरू हिमालभन्दा मनास्लु हिमाल आरोहण गर्नेको सङ्ख्या उल्लेख्य हुन्छ ।