सुचना, समाचार र मनोरन्जन

कांग्रेसले बोलायो अनुशासन समिति बैठक

काठमाडौँ,

नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति बैठक बोलाएको छ । समिति सचिव दिनेश थापा मगरले सोमबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८३ वैशाख १४ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ,’ सचिव थापा मगरले निकालेको विज्ञप्तिमा लेखिएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र ती उम्मेदवारका प्रस्तावक र समर्थक बनेका विरुद्ध परेको उजुरीबारे बैठकमा छलफल हुनेछ ।

त्यस्तै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रामेछापका सभापति कान्छाराम तामाङलाई सोधिएको स्पष्टीकरणबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.