आजदेखि सुरु हुन लागेको एनपीएल क्रिकेट खेलको लागि जनकपुर बोल्ट्स क्रिकेट क्लवले होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्सलाई आधिकारिक ट्राभल पार्टनरमा नियुक्त गरेको छ । नेपाल क्रिकेट संघद्वारा आयोजित नेपाल प्रिमियर लिग क्रिकेटमा दुई संस्थाका प्रमुखबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्सका प्रबन्ध निर्देशक रोहित कार्कीका अनुसार जनकपुर बोल्ट्स क्रिकेट क्लवलाई आवश्यक पर्ने ट्राभलसम्बन्ध सबै काम आफूहरूले गर्ने बताएका छन् ।
पर्यटनको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको होलिडे ट्रिप नेपालले प्रतिष्ठित व्यापारिक घरानाहरूसँग सहकार्यमा काम गर्दै आएको छ । नेपाली सेनादेखि विभिन्न सरकारी निकाय र कार्यालयहरूसँग पनि ट्राभलसम्बन्धी काम गरेको अनुभव होलिडे ट्रिप नेपालसँग रहेको छ ।