सुचना, समाचार र मनोरन्जन

क्राइम थ्रिलर ‘११ : ५५’ को रहस्य भरिपूर्ण टिजर सार्वजनिक

काठमाडौं :

आगामी चैत्र ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘११ : ५५ डु नट ट्रस्ट एनिवन’को अफिसियल टिजर सार्वजनिक भएको छ। आइतबार निर्माण टिमले १ मिनेट ३४ सेकेण्ड लामो टिजर रिलिज भएको हो।

टिजर फिल्मको कथावस्तुबारे प्रकाश पार्छ। लभ, रोमान्स,धोका र बदलाको रहस्यले भरिपूर्ण सिनेमाको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ। फिल्मको निर्माण टिमले टिजरको सुरुवातमा नै सावधान भन्दै सुचना राखेको छ । जसमा लेखिएको छ, यो टिजर पूर्वावलोकन मात्र ती दर्शकहरुका लागि स्वीकृत गरिएको छ, जसलाई सिनेमामा रोमाञ्च र रहस्य मनपर्छ।

फिल्मका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु अभिनेता सागर खनालको अभिनय रहेको छ। क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन्। यो उनको डेव्यु निर्देशकिय सिनेमा हो। सिनेमामा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ।

अलल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन्।

बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ। फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन्। सिनेमालाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ।

Leave A Reply

Your email address will not be published.