पोखरा,
असोज ११ गते अर्थात सेप्टेम्वर २७ तारिखका दिन पोखरामा हुने भनिएको चौथो अन्तराष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता अनिश्चितकालको लागि स्थगित भएको छ ।
हिमालयन टुरिजम फोरमको आयोजना र युन्नान माउन्टेनियरिङ एन्ड आउटडोर स्पोट्र्स एसोसिएसनको सहकार्यमा घोषणा गरिएको प्रतियोगिता भदौ २३÷२४ गते भएको जेन्जी आन्दोलन र त्यसपछि विकसित घटनाक्रमहरुको कारण हाल उक्त प्रतियोगिता गर्न नसकिने निर्णयमा पुगेको आयोजक संस्थाहरुले जनाएका छन ।
हाल देश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको हुँदा अर्को सुचना जारी नहुँदासम्मको लागि चौथो अन्तराष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता रोकिएपनि देशको अवस्था सामान्य भएपछि पुनः सुचना जारी गरिने जनाईएको छ ।