सुचना, समाचार र मनोरन्जन

‘सधैँ तिमी’ सार्वजनिक: तकार डब्बु क्षत्रीको शब्द–निर्देशनमा प्रेमिल गीत

काठमाडौँ : डब्बु क्षत्रीको शब्द तथा निर्देशनमा तयार भएको नयाँ गीत ‘सधैँ तिमी’को भिडियो सार्वजनिक गरिएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर गीत दर्शकमाझ ल्याइएको हो।

गीतमा गायक यम बराल र गायिका सरिता भारतीको स्वर रहेको छ। संगीत तथा संगीत संयोजन ओम सुनारले गरेका हुन्। गीतकार क्षत्री स्वयंले नै भिडियो निर्देशन गरेका छन्।

गीत तथा भिडियोमा निकै रिसाउने प्रेमिकासँग प्रेमीको नोकझोक र प्रेमिल सम्बन्धलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। भिडियो बंगलादेशको बोगुरास्थित पर्यटकीय क्षेत्रमा छायांकन गरिएको हो। बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुने क्रममा त्यहीँ भिडियो खिचिएको गीतकार क्षत्रीले बताएका छन्।

भिडियोमा गायिका तथा मोडल सरिता भारती र अभिनेता प्रवण भुसालको अभिनय रहेको छ। उनीहरूको जोडी भिडियोमा आकर्षक देखिएको छ। गीत एसबी क्रिएसनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

विलक्षण क्रियसनको प्रस्तुतिमा बनेको यस भिडियोको छायांकन बंगलादेशका छायाकार सरकार सुजनले गरेका हुन्। ड्रोनतर्फ अजय दास र जियाद खन्डोकरको काम रहेको छ। सम्पादन वीरेन्द्र भाट ‘विपिन’ले गरेका छन् भने ग्राफिक्स लोकेस भाटले तयार पारेका छन्। भिडियोकी निर्माता युविका बुढाथोकी हुन्।

गीतकार क्षत्रीका अनुसार गीतमा नेपाली मौलिक तथा ठेट शब्दहरूको प्रयोग गरिएको छ। लोक लयमा आधारित भएकाले झर्रा शब्दहरूलाई विशेष प्राथमिकता दिइएको उनले बताए।

Leave A Reply

Your email address will not be published.