काठमाडौं :
गीतकार डम्बर यक्सोको शब्द रचनामा ‘मुस्कान छैन’गीतको भिडियो सार्वजनिक भएको छ। हालै गीतको भिडियो ‘सेवा इन्टरटेन्मेन्ट’को युटुबमार्फत रिलिज गरिएको हो।
गीतमा अहिलेका चर्चित सङ्गीतकार दिनेश ‘काजि’ बान्तवाले लय भरेका छन् भने भोइस अफ नेपाल सिजन ५ को नकआउट राउड पुगेकी कालिम्पोङकी गायिका स्मिता प्रधानले गाएकी छन्। उनी नकआउट राउडमा पुग्दा उनको गायनले स्रोतामाझ निकै चर्चामा आएकी थिइन्।
देबेश राईको एरेञ्ज रहेको गीतको रेकर्डिङ सेवा रेकर्डिङ स्टुडियोमा भएको हो। गीतलाई रेकर्डिङ योगेन मुकारुङले गरेका हुन् भने मिक्सिङ देबेश राइकै रहेको छ ।
भिडियोमा जयन्द्र कुवरको छायांकन, सोनु बिस्वकर्माको श्रृंगार र जीवन मुकारुङको सम्पादन रहेको छ । गीतकार डम्बर यक्सो पुर्खेउली थलो पुर्वको ताप्लेजुङमा भएता पनि बुवा मलायाको लाउरे भएको हुँदा उनी उतै जोरबारु मलेसियामा जन्मेका हुन्। मलायामा जन्मे पनि आफ्नो बुवाको अवकास पछी आफ्नै पुर्खेउली घर ताप्लेजुङ हाङ्पाङ्को सरस्वती माध्यमिक विद्यालयबाट २०३५ सालमा एस एल सी उतीर्ण गरेका हुन।
केहि वर्ष सोही विद्यालयमा अघ्यापन पेसामा काम गर्दा गर्दै अन्तत आफ्नै बुवाको पाईला पछ्याउदै ब्रिटिस आर्मीमा भर्ति भई दुई दशक काम गरेर हाल अवकास जीवन बिताई रहेका छन् । गीतकार यक्सोले ब्रिटिस सरकारले दिएको सम्पूर्ण सुविधा त्यागेर आफ्नै देश आफ्नै माटो र समाजलाई केही गर्न सकिन्छ भन्ने अठोटसहित नेपाल आएका हुन्।
उनी समाज सेवा र विभिन्न संघ संगठनहरुमा आबद्ध भई काम गरिरहेका छन्। उनी भन्छन्,‘आफ्नो कार्य व्यस्तताकाबीच समयलाई सदुपयोग गर्दै गीत, कविता, फुटकर लेखहरु लेख्दै आएको छु।’