सुचना, समाचार र मनोरन्जन

लायन्स क्लब अफ पोखरा दर्पणद्वारा स्कुल ईमर्जेन्सी रूम स्थापना

कास्की :

लायन्स क्लब अफ पोखरा दर्पणले सामुदायिक र सरकारी बिद्यालयहरुमा प्राथमिक उपचारको सेवाका लागि स्कुल ईमर्जेन्सी रूम स्थापना गरेको छ । बुधबार लायन्सले पोखरा १२ स्थित श्री शितलादेवी सामुदायिक माध्यमिक बिद्यालयमा स्कुल ईमर्जेन्सी रूमको स्थापना गरेको हो।

लायन्सले एक कार्यक्रमको आयोजना गरि फागुन २ गते प्रमुख अतिथि वडाअध्यक्ष सन्तोष बाँस्तोला र विशिष्ट अतिथि लायन्स डिष्ट्रिक्ट ३२५एलका गभर्नर एमजेएफ लायन परमेश्वर बरालज्युबाट संयुक्त रुपमा समुद्घाटन गराएको थियो।

अब यहाँबाट प्रत्येक्ष रुपमा विद्यालयमा अध्यनरत १२०० भन्दा बढी विद्यार्थी तथा शिक्षक कर्मचारीहरु लाभान्वित हुनेछन्। लायन्सका अनुसार यहाँबाट दिर्घकालिन रुपमा यसले विद्यालयको शैक्षिक कृयाकलापहरुमा समेत सकारात्मक प्रभाव पर्नेछ। उक्त कार्यक्रममा विद्यालयले उपलब्ध गराएको कक्षमा आवस्यक पुर्वाधार देखी प्राथमिक उपचारका औषधि, ईमर्जेन्सी बेड, स्ट्रेचर्, मेडिकल ट्रलीदेखी आवस्यक सम्पुर्ण स्वास्थ्य उपकरण र सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडाअध्यक्ष सन्तोष बास्तोलाज्युले यस कार्यको प्रशंसा गर्दै क्लबको यो अभियानले महानगरको लागि पनि एउटा मार्गदर्शन प्रदान गरेको बताए। उनले विद्यालयका लागि आवस्यक पर्ने स्वास्थ्य कर्मचारीको ब्यवस्थापनको लागि वडा कार्यलयले सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे। विशिष्ट अतिथिका रुपमा उपस्थित भएका लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एलका गभर्नर एमजेएफ लायन परमेश्वर बरालले सामाजिक कार्यमा अग्रसर लायन्स क्लब अफ पोखरा दर्पणले समाजका लागि नमुना कार्य गरी दिर्घकालीन योजनाको थालनी गर्नुभएकोमा बधाई दिदै यस किसिमको कार्यबाट विद्यार्थीको पठनपाठनमा समेत सकारत्मक प्रभाव पर्ने बताए।

उक्त परियोजनाको लागि क्लबका अलावा नेपाल लायन्स फाउण्डेसन, बाल मैत्री क्षेत्रमा कृयाशिल संस्था राइट फर चिल्ड्रेन र क्लबका अध्यक्षज्युको ईन्जिनियरिङ अध्ययन कालका साथीहरुको समुह “साथी समुह(किरण के.सी., अमित ढुङ्गाना, बिमल बराल, सचिन सापकोटा, सन्तोष अधिकारी, राजिव अधिकारी, रितेश द्वा) को सहकार्यमा पहिलो विद्यालयमा समुद्घाटन सम्पन्न गरिएको छ भने आगामी एक महिना भित्रमा अन्य दुइ विद्यालयहरुमा समेत सोही अनुरुप स्कुल ईमर्जेन्सी रूम स्थापना गरिने कुरा समेत सभाध्यक्ष क्लबका अध्यक्ष लायन ई. किरण केसीले बताए।

कार्यक्रम संचालन क्लबका सचिव लायन जीवन बाबु तिवारीले गरेका थिए भने धन्यवाद द्वितिय उपाध्यक्ष लायन पदमलाल अधिकारीले दिए। विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले स्वागत मन्तब्य राख्दै अत्यन्तै आवश्यक रहेको स्वास्थ्य कक्षको स्थापना प्रतिआभार व्यक्त गरे । साथै राइट फर चिल्ड्रेन का प्रमुख कार्यकारी निर्देशक अनिल पौडेल,लायन्सका जोन चेयरपर्सन विजेन्द्र शर्मा पौडेल, नेपाल लायन्स फौन्डेसन, डिष्ट्रिक्ट ३२५ एल का गण्डकी प्रमुख लायन शान्ता कुमार श्रेष्ठ, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टिका बहादुर कार्कीले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रम डिष्ट्रिक्ट तथा क्लबका पदिधकारी एवं सदस्यज्यूहरू, विद्यालय व्यवस्थापन सिमितिका सदस्य, शिक्षक, कमर्चारी, संघ संस्थाका प्रितिनिधि र बिद्यार्थीहरूको उपिस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो।

Leave A Reply

Your email address will not be published.