सुचना, समाचार र मनोरन्जन

हनुमानढोकाको दसैँघरमा राखियो जमरा

काठमाडौँ,

नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। दसैँको पहिलो दिन घटस्थापनाको अवसरमा आज हनुमानढोकास्थित दसैँघरमा विधिपूर्वक जमरा राखिएको छ।

Chaka Panja

घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने परम्परा छ। नौ दिनसम्म दुर्गा भवानीको पूजा–आराधना गरिने भएकाले यस दिनलाई बडादसैँको सुरुवातका रूपमा लिइन्छ।

हनुमानढोकास्थित दसैँघरमा राखिएको जमरा विजयादशमीका दिन टीकासँगै प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ। बडादसैँमा घटस्थापनादेखि नवदुर्गाको पूजा गरी विजयादशमीका दिन मान्यजनबाट टीका र जमरा लगाएर आशीर्वाद लिने गरिन्छ।

Leave A Reply

Your email address will not be published.