काठमाडौँ,
ललितपुरको पुल्चोकमा रहेको दाउरा थकालीमा आगलागी भएको छ । आज दिउँसो दाउरा थकालीको माथिल्लो तलामा आगलागी भएको हो ।
दमकल र सुरक्षाकर्मीको सहयोगमा अहिले आगो निभाइसकेको ललितपुर प्रहरीले जनाएको छ । आगलागीको कारण खुलिसकेको छैन । आगलागीबाट मानवीय क्षति भएको छैन । प्रहरीकाअनुसार क्षतिको विवरण आउन बाँकी छ ।
आगलागीका कारण केहीबेर ललितपुरको मुख्य सडकमा गाडी सञ्चालन प्रभावित भएको थियो ।