सुचना, समाचार र मनोरन्जन

कलाकार सागर लम्साल पक्राउ

काठमाडौँ,

कलाकार सागर लम्साल पक्राउ परेका छन् । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए ।

उनीमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । एक वर्ष अघि अमेरिकामै लम्सालले बलात्कार गरेको ती युवतीको आरोप छ ।

यससँगै लम्सालमाथि अनुसन्धान गर्न चौतर्फी दबाब परेको थियो ।

घटनाबारे प्रस्ट पार्दै उनले भनेकी थिइन्– ‘कुराकानी हुँदै जाँदा सागर लम्सालले “तिमी बसेको ठाउँ हेरौँ न त” भन्नुभयो। मैले १० वर्षभन्दा बढी समयदेखि चिन्ने, दाइ मानेको मान्छेलाई विश्वास गरेर आफ्नो अपार्टमेन्ट देखाउन लगेँ। अपार्टमेन्टमा बसेर कुरा गर्दा मेरो स्वास्थ्यको कुरा निस्कियो। मैले आफ्नो संघर्ष सबै साझा गरेँ—रोएँ, भनेँ, कति गाह्रो भइरहेको छ भनेर। मलाई थाहा थिएन, जसलाई म दाइ मान्थेँ र हाम्रो परिवारले आफ्नै जस्तो ठान्थ्यो, त्यो मानिस त एउटा राक्षस रहेछ। म बलात्कृत भएँ।’

Leave A Reply

Your email address will not be published.