काठमाडौं :
भुवन केसीको निर्देशनमा निर्माण भएको फिल्म ‘बाटुलो जून’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। गत बिहिबारबाट प्रदर्शनमा आएको यो फिल्मले चार दिनमा ५ करोड ७५ लाख माथिको व्यापार गरेको हो। जुन पछिल्लो समयका फिल्मको भन्दा राम्रो कमाई हो।

पहिलो दिन १ करोड ५३ लाखका व्यापार गरेको यो फिल्मले दोस्रो दिन १ करोड २० लाख, तेस्रो दिन १ करोड २७ लाख र चौथो दिन १ करोड २८ लाखको व्यापार गरेको निर्माण पक्षले जानकारी दिएको छ।
यस फिल्ममा निर्देशक भुवन केसीको पनि अभिनय रहेको छ। उनका अलवा अनमोल केसी,प्रिन्सी खतिवडा, गरिमा पन्त लगायत कलाकारको अभिनय रहेको छ। फिल्मको सोमबारसम्मको बक्स अफिसमा थप रकम जथिएर ५ करोड ७५ लाख पुगेको अभिनेता अनमोल केसीले जानकारी दिएका छन्। उनी भन्छन्,‘बाटुलो जुन हेर्नुहुने, माया गर्नुहुने र हामीलाई साथ दिनुहुने सम्पूर्ण दर्शकप्रति हामी आभारी छौँ। तपाईंहरूको यो मायाले हामीलाई अझै अघि बढ्ने हौसला दिएको छ।’
उनले यो सुरुवात मात्रै भएको र यात्रा अझै लामो रहेको तर्क गरेका छन्। उनी थप्छन्,‘यो त केवल सुरुवात हो, यात्रा अझै लामो छ। आगामी दिनहरूमा पनि यसरी नै माया र साथ दिइरहनुहोला। हेर्दै गर्नुहोला, माया गर्दै गर्नुहोला र साथ दिँदै गर्नुहोला ‘बाटुलो जुन’लाई। यो फिल्मलाई जिया केसीले लगानी गरेकी हुन्।