काठमाडौँ,
कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई सवारी साधन कर्जा प्रवाह गर्न सुरु गरेको छ ।

कोषले सञ्चयकर्ता सवारी साधन सापटी विनियमावली, २०८२ बमोजिम हलुका सवारी साधन खरिदका लागि सापटी प्रवाह सुरु गरेको हो ।
कोषले सोमबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै सञ्चयकर्ताका लागि चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सापटी उपलब्ध गराउन थालिएको जानकारी दिएको छ ।
कोषका अनुसार सञ्चयकर्ता सवारी साधन सापटी कर्मचारी सञ्चय कोषको सञ्चयकर्ता कर्जा विभाग, लगनखेल ललितपुरबाट प्रवाह हुनेछ ।