सुचना, समाचार र मनोरन्जन
Sarangi

‘घरज्वाइँ’को ‘बिन्जुरी’ गीतमा यसरी छल्कियो दयाहाङ र मिरुनाको प्रेम

काठमाडौं :

यही असार २८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘घरज्वाइँ’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार निर्माण टिमले फिल्ममा समावेश गीत ‘बिन्जुरी’गीत सार्वजनिक गरेका हुन्।

प्रेमिल भावको गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको मायाप्रेम दर्शाइएको छ। मगर समुदायको परम्परा, संस्कार र संस्कृतिमा आधारित फिल्ममा एसडी योगीको संगीत,राम अविरल बिष्टको शब्द र संगीतकार योगीको स्वर सुन्न सकिन्छ ।
अनिल बुढामगरको निर्देशन रहेको फिल्ममा दयाहाङ र मिरुनासहित शिशिर बाङ्देल, भोलाराज सापकोटा, बुद्धि तामाङ, पुष्कर गुरुङ, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर लगायतले अभिनय गरेका छन्।

जिएम मुभिज् र एबीएम सिनेमा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मको छायांकन पूर्वी रुकुम आसपासमा गरिएको हो। जनक घर्ती मगर निर्माता रहेको यस फिल्मको कथा निर्देशक अनिल आफैंले लेखेका हुन्। उनलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन्। फिल्ममा सुसन प्रजापतिको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ । फिल्मलाई लिएर अभिनेता राई निकै उत्साहित देखिएका छन्। उनी यतिबेला अमेरिकामा रहेका छन्।

Leave A Reply

Your email address will not be published.