Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कास्की–२ को क्षेत्रीय सभापतिमा सुवास सिग्देलको उम्मेदवारी, सङ्गठन सुदृढीकरण र युवा सशक्तीकरणमा जोड
- भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा, भोलिदेखि गण्डकी–११ सँग अभ्यास खेल
- २६ वर्षीय आशिष सुबेदी कास्की १ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मैदानमा
- ‘हिन्दू राष्ट्र’को एजेन्डासहित कांग्रेस महाधिवेशनमा गोकर्ण कार्की
- कास्की २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा युवा व्यवसायी सौगात थापाको उम्मेदवारी
- ‘सभापति पद होइन, जिम्मेवारी हो’ भन्दै सरोज केसी कास्की १ को मैदानमा
- ‘मिस्टर ग्लोबल २०२६’मा भाग लिन थाइल्यान्ड उडे गिरिशरत्न
- विपना थापा र वर्षा राउतको अभिनय रहने ‘बाकस’बाट बिक्रम बुढाथोकीले डेब्यु गर्दै
- ‘सोफा स्टोर’को ब्रान्ड एम्बेसडर बन्दै कुलब्वायले भने, “हानिकारक उत्पादनलाई प्रवर्द्धन गर्दिन”
- पर्वतीय दौड सफल पार्न पोखराका पर्यटन व्यवसायी एकजुट
लमजुङमा वृद्ध मृतावस्थामा फेला
लमजुङ,
लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी जलविद्युत् आयोजनाको ड्याममा एक वृद्ध मृतावस्थामा फेला परेका छन् । बेसीसहर नगरपालिका–११ चितिका ८७ वर्षीय धनबहादुर सिलवाल सो ड्याममा तैरिरहेको अवस्थामा प्रहरीले आइतबार राति फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताए ।
उनले भने, “मृतक धनबहादुरको छोरा दीपक सिलवालले शवको पहिचान गरेका छन ।” मृतक सिलवाल गत माघ १७ गतेदेखि हराएको भनेर परिवारले प्रहरीलाई निवेदन परेको प्रहरी निरीक्षक पाण्डेको भनाइ छ ।
उनका अनुसार सो दिन घरबाट बेसीसहरमा सामाजिक सुरक्षा भत्ता लिन जाने भनेर निस्किएको र सो दिनको बेलुकासम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई निवेदन दिएको थियो । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । धनबहादुरको शवपरीक्षणका लागि प्रदेश अस्पताल बेसीसहरमा राखिएको प्रहरीले जनाएको छ ।
Next Post