सुचना, समाचार र मनोरन्जन

नवौँ दीपसाँझमा जी एण्ड के इन्टरनेशनल एजुकेशन कन्सल्टेन्ट ‘सहकार्य’का रूपमा सहभागी

पोखरा :

दीप युनाइटेड क्लबको आयोजनामा हुन गइरहेको नवौँ दीपसाँझ कार्यक्रममा जी एण्ड के इन्टरनेशनल एजुकेशन कन्सल्टेन्ट ‘सहकार्यमा’ रूपमा सहभागी हुने भएको छ। हालै यस सम्बन्धमा कम्पनीका प्रबन्ध निर्देशक राजन पन्थी र कार्यक्रमका संयोजक राजेश गुरुङबीच औपचारिक रूपमा सम्झौता भएको हो।

यो कार्यक्रम आगामी २०८२ साल पुस २७ गते अपराह्न ४ बजे मणिपाल कलेज रोड, दीप पोखरामा आयोजना हुँदैछ। यस सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा चर्चित ब्यान्ड ‘जोन एण्ड द लिकल्स’, लोकप्रिय गायिका त्रिश्ना गुरुङ, साथै १६ ब्यान्डहरूले विभिन्न प्रस्तुति दिने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।

जी एण्ड के इन्टरनेशनल एजुकेशन कन्सल्टेन्टले यस्ता युवामुखी, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रमहरूसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरेको छ। संस्थाका प्रबंधक निर्देशक राजन पन्थीले भने, ‘शिक्षा मात्र नभई कला, संगीत र समुदायसँग जोडिने कार्यक्रमहरूलाई समर्थन गर्नु संस्थाको सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा हो।’

आयोजकले यस वर्षको नवौँ दीपसाँझ पनि भव्य र सफल हुने विश्वास व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.