सुचना, समाचार र मनोरन्जन

टिभीएस रोनिन ‘राइड पार्टनर’ बनेसँगै २७औँ पोखरा स्ट्रिट फेस्टिभलको मेन स्टेज कन्सर्ट थप भव्य हुने

पोखरा :

रेबन लेकसाइडले आयोजना गर्न लागेको २७औँ पोखरा स्ट्रिट फेस्टिभल अन्तर्गत कोमागाने पार्क, लेकसाइडमा सञ्चालन हुने ‘मेन स्टेज’ कन्सर्टमा टिभीएस रोनिन ‘राइड पार्टनर’ बनेको छ। हालै इभेन्ट पार्टनर अल्टेक नेपालका तर्फबाट सुशील हिराचन र टिभीएस रोनिनका तर्फबाट बिनोज पोटेबीच पार्टनरका रुपमा रहने सहमति भएको हो।

आयोजकका अनुसार यो साझेदारीले महोत्सवको सञ्चालन थप व्यवस्थित, दर्शक मैत्री र भव्य बनाउने विश्वास व्यक्त गरिएको छ। महोत्सव डिसेम्बर २८ देखि जनवरी १ सम्म चल्नेछ। यस वर्षको महोत्सव ‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल नारासहित लेकसाइडको करिब तीन किलोमिटर सडक खण्डमा उत्सवमय वातावरणमा मनाइने आयोजकको भनाई छ।

टिभीएस रोनिनको सहभागिताले मुख्य स्टेज कन्सर्टमा दर्शकहरूको अनुभव अझ रोचक र भव्य बनाउने अपेक्षा गरिएको छ। साथै,महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रत्यक्ष संगीत कार्यक्रम, विविध सांस्कृतिक प्रस्तुति, साथै स्थानीय परिकार र उत्पादनहरूको प्रदर्शन र बिक्री गरिनेछ। महोत्सवको मुख्य स्टेज भने कोमागाने पार्क, लेकसाइड, पोखरामै रहनेछ।

Leave A Reply

Your email address will not be published.