सुचना, समाचार र मनोरन्जन

दीपा झा र महेश मुखियाको ‘जापानी टाइफन’ सार्वजनिक (भिडियो )

काठमाडौं :

नेपाली संगीत क्षेत्रकी सदावहार गायिका दीपा नारयण झाको नयाँ नेपाली गीत गाएकी छन्। उनको लामो समयको अन्तरालमा ‘जापानी टाइफन’ गाएकी हुन्।

उनले यो गीत करिव १ वर्ष अघि नेपाल आउँदा रेकर्ड गरेकी थिइन्। गीतमा दीपाले गायक महेश मुखियासंगको सहकार्यमा नेपाली स्रोतामाझ ल्याएकी हुन् । दीपा भारतमा बस्दै आएकी छन्। लोक डान्सिङ शैलीको गीतमा डा. बलराम श्रेष्ठको शब्द र महेश ज्ञावलीको संगीत रहेको गीतमा उदेश श्रेष्ठको एरेन्ज रहेको छ।

प्रभातपाल ठकुरी र नारायणी खत्रीको अभिनय रहेको गीतको म्युजिक भिडियोलाइ जीवन शाहीले निर्देशन गरेका हुन्। टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई सेभेन ह्विवल क्रीयसनमार्फत युटुबमा राखिएको छ।

यसअघि गायक मुखियाले ‘केहि दिन म टाढ हुँदै छु’,’माथी माथी लेकमा’, ’सिउरेनी वनमा’ र ‘भिज्यो तिम्रो रातो पछ्यौरी’लगायतका गीतहरु सार्वजनकि गरेका थिए। जुन गीत स्रोता दर्शकले रुचाइएका पनि थिए।

Leave A Reply

Your email address will not be published.