काठमाडौं :
तीन दशकदेखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा चर्चा र सफलता पाइरहेका लोकप्रिय गायक तथा संगीतकार दीपक बज्राचार्यले नयाँ सांगीतिक प्याकेज ‘आउटडोर सेसन ‘सुरु गरेका छन्। पछिल्लो समय सांगीतिक एल्बम हरु निकाल्ने क्रम हराइसकेको अबस्थामा गायक बज्राचार्यले ‘आउटडोर सेसन’ अन्तर्गत सिंगल ट्रयाकका धेरै गीतहरुलाई केहि दिनको ग्याप राख्दै क्रमश सार्वजनिक गर्न लागिएको हो।
नयाँ गीत ‘हजार हजारमा’ को रिलिज संगै ‘आउटडोर सेसन’ सुरु भएको र यस सेसनको अर्को गीत पनि अब केहि दिनमै रिलिज हुने गायक बज्राचार्यले जानकारी दिनु भयो। हाल तयार पारिसकेका नयाँ गीतहरु एक–एक गरी फरक स्वादमा दर्शक तथा श्रोतामाझ ल्याउन लागेका गायक बज्राचार्यको ‘हजार हजारमा’ गीतमा रुपेश बास्कोटाको शब्द र दीपककै संगीत तथा एरेन्ज रहेको छ।