काठमाडौं :
फिल्म ‘पोइ पर्यो काले’,‘वान वे’ जस्ता फिल्म निर्माण गरेका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)ले अर्को फिल्मको घोषणा गरेका छन्। दीपकको लगानीमा भन्ने फिल्मको नाम ‘कंगारु’ राखिएको छ ।
यो फिल्मलाई ‘लाखे’का निर्देशक सम्राट बस्नेतले निर्देशन गर्ने पक्का भइसकेको छ। मनाङ्गेको प्रस्तुतिमा बन्न लागेको फिल्म सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिन लागिएको निर्देशक बस्नेतले बताए। फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मस्सँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको यस फिल्ममा प्रेम थापा र धन बहादुर गुरुङको पनि लगानी रहनेछ ।
फिल्मको सह–निर्मातमा रोनिश बहादुर बस्नेत र निशान श्रेष्ठ रहेका छन् भने टिका भण्डारी र सन्तोष अधिकारी(अष्ट्रेलिया) कार्यकारी निर्माता हुन्। फिल्ममा सिमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहेको छ । फिल्म निर्माणमा लक्ष्मी ज्वेलर्स (यूके)ले पनि सहकार्य गरेको छ ।
फिल्मका लागि अहिले कलाकार तय भएको छैन। निर्देशक बस्नेतका अनुसार केहि नाम चलेका कलाकारहरुसँग कुराकानी भइरहेको छ। उनीहरुको नाम चाँडै नै फाइनल गर्ने समेत जानकारी दिए। निर्माण पक्षका अनुसार यो फिल्मको छायांकन फागुणदेखि सुरु हुनेछ ।