काठमाडौं :
नेपालमा हलवाला र निर्माताबीचको लफडा पुरानै रोग हो। यो सधैँ फिल्म चल्ने बेलामा लफडा हुँदै आएको छ। यस पटक भने फिल्म ‘दिमाग खराब’टिमले फिल्मको पहिलो र दोस्रो हप्तासँगै तेस्रो हप्तामा पनि आधा आधा शेयर माग गरेको छ। यदि फिल्मको ५० प्रतिशत नपाए भोलीबाट हलबाट फिल्म उतार्ने चेतावनी दिइसकेको छ।
त्यसका लागि नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच वार्ता टोली गठन गर्दै छलफलमा जुटेका छन्। मंगलबार चलचित्र संघको टोलीले फिल्म ‘दिमाग खराब’ र चलचित्र निर्माता संघको टोलीसँग छुट्टाछुट्टै वार्ता गरेपनि अहिलेसम्म निष्कर्षमा पुगेको जानकारी दिएको छैन्।
फिल्म ‘दिमाग खराब’ टिमले उठाएको मागलाई निर्माता संघले स्वागत गरिसकेको छ। केदि दिन अघि नै ‘दिमाग खराब’को सर्त सहि भएको निर्माता संघका अध्यक्ष नवल खड्काले उल्लेख गरेका थिए। सोही अन्तरगत आजको वार्ता टोलीले आज नै निचोड निकाल्न जुटेको छ।
वार्ता टोलीमा चलचित्र संघको तर्फबाट राजकुमार पोखरेलको अध्यक्षतामा वार्ता टोली गठन गरिएको छ । जसमा गोपालकाजी कायस्थ, भास्कर ढुंगाना, नरेन्द्र महर्जन, प्रज्ज्वल शमशेर जबरा, सुरेन्द्र कुमार थापा र दीपेश शर्मा छन् भने निर्माता संघको तर्फबाट संयोजकको रुपमा अशोक शर्मा छन्। अन्य सदस्यामा उदय कुमार सुब्बा, दीपकराज गिरी, खगेन्द्र लामिछाने, रवीन्द्र सिंह बानियाँ, राम बाबु गुरुङ र कृषा चौलागाईं रहेका छन् । आजको वार्ता सफल नभएको खण्डमा प्रदर्शनरत फिल्म ‘दिमाग खराब’हलबाट बाहिरिने छ।