काठमाडौं :
दीपकराज गिरी र दीपाश्री निरौलाले ‘वडा नम्बर ६’ को दोस्रो भाग निर्माण गर्ने भएका छन्। दीपककै एक्लो लगानीमा बन्ने फिल्ममा दीपाले निर्देशन गर्दैछिन्।
दीपकको कम्पनी आमा सरस्वती मुभिजले निर्माण गर्ने फिल्म अर्का वर्ष रिलिज हुने बताइएको छ। यस अघि ‘वडा नम्बर ६’ को निर्देशन उज्वल घिमिरेले गरेका थिए । उक्त फिल्ममा दीपकसहित सीताराम कट्टेल धुर्मुस, दयाहाङ राई, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्कीलगायतको अभिनय थियो । सिक्वेलमा दीपक र माग्ने बुढाबाहेक को–को कलाकार हुन्छन् यकिन भएको छैन्। यो फिल्मको पटकथा दीपकले लेखिरहेका छन् ।