सुचना, समाचार र मनोरन्जन

दीपेन्द्रले देवी घर्तीसँग गाए ‘चोली चौबन्दी भाग २’

काठमाडौं :

लोक डेउडा गायन क्षेत्रका धरोहर वरिष्ठ लोक डेउडा गायक दिपेन्द्र प्रसाद दाहालको आफ्नै शब्द, रचना र स्वरमा नयाँ लोक डेउडा गीत ‘चोली चौबन्दी भाग २’ सार्वजनिक भएको छ । उनले शुक्रबार युटुबमार्फत गीतको भिडियो सहित सार्वजनिक गरेका हुन्।

गीतमा उनलाई देवि घर्तिले स्वरमा साथ दिएकी छन् भने कोरस गायनमा पविन्द्र सुनार, सुनिल नेपाली, रुपि सिञ्जाली मगर र प्रेम मगर रहेका छन्। गायक दिपेन्द्रको आफ्नै युटूव च्यानल जयकाली क्रियशनको प्रस्तुति रहेको उक्त गीतको भिडियोमा गायकका आफ्नै कान्छो छोरा बाल कलाकार श्रीजल दाहाल र आरोही मल्लले अभिनय गरेका छन्।

भिडियोमा श्रीजल दाहाल र आरोही मल्लका साथै सत्यवती एकडेमी परिवारका छात्र, छात्राहरु डेउडा खेलमा सोही एकडेमीका प्रबन्धक बीर बहादुर कडायत, प्रिन्सिपल यशोदा ध्याडी कडायत एकडेमीका शिक्षक, शिक्षिकाहरु देखिएका छन्। सत्यवती एकडेमी अत्तरिया कैलाली र गोलादेव फूटवयरको सहकार्यमा निर्माण गरिएको उक्त डेउडा गीतको दृश्य निर्माण खप्तड फिल्मस् छ्यान्कन अमृत उपाध्याय, निर्देशन भिम थापाले गरेका छन्।

Leave A Reply

Your email address will not be published.