सुचना, समाचार र मनोरन्जन
Sarangi

देवीमा शिल्पा मास्केको यस्तो लुक्स

काठमाडौं :

शिल्पा मास्के अभिनित फिल्म ‘देवी’ आगामी तीजमा रिलिज हुने भएको छ। निर्माण टिमले बिहीबार फिल्मको एउटा पोस्टर सार्वजनिक गर्दै २१ भदौलाई प्रदर्शन मिति तोकेको छ।

महिलामाथि हुने यौनहिंसा विरुद्धको कथावस्तुमा बनेको यो फिल्मको पोस्टरमा शिल्पा मास्केको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको छ । सञ्जोग राई निर्देशित फिल्ममा शिल्पाले पत्रकारको भूमिका निर्वाह गरेको बुझिएको छ। क्राइम थ्रिलर जनरामा बनेको फिल्म रिलिजमा रामबाबु गुरुङको बाँसुरी फिल्म्सले सघाउने भएको छन्। गुरुङले सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गर्दै सो कुराको जनाउ दिएका हुन्।

अभिनेत्री शिल्पा मास्केले आफ्नो करिअरमा यो फिल्मबाट ठूलो अपेक्षा राखेको फिल्म हो। उनी अभिनित पछिल्लो फिल्म ‘परस्त्री’ गत वर्ष रिलिज भएको थियो। जुन उनको दोस्रो महिलाप्रधान फिल्म हो।फिल्ममा शिल्पाका अलवा गौरव पहारीmटीका पहारी लगायतको मुख्य भुमिका रहेको छ। टीका र गौरव यो बाबुछोराले पहिलोपटक एकसाथ अभिनय गरेको फिल्म समेत हो ।

Leave A Reply

Your email address will not be published.