सुचना, समाचार र मनोरन्जन

धिरज र उपासना सिहंको पहिलो सहकार्यमा ‘खुस्मा’ निर्माण घोषणा

काठमाडौं :

सोमबार धिरज मगर र उपासना सिंह ठकुरीलाई लिएर फिल्म ‘खुस्मा’ निर्माण घोषणा गरिएको छ। निर्माण टिमले धिरज र उपासनालाई लिएर नयाँ फिल्म घोषणा गरेको हो। यो उनीहरुको पहिलो सहकार्य हो। अशोक थापा मगरले निर्देशन गर्ने यो फिल्ममा एस डी योगीले सुरेन्द्र राना तथा राम अविरल विष्टको गीतमा संगीत दिनेछन् भने दिपक बज्राचार्य छायाँकार रहनेछन्।

Chaka Panja

निर्देशक थापा विभिन्न ९ वटा अन्तरर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कृत भइसकेका छन्। उनका अनुसार यो फिल्मको सुटिङ तलिका २ चरण्मा रहेका छन्। फिल्मका निर्माता बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकी रहेका छन्।

फिल्ममा धिरज र उपसनाका अलावा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) तथा अरुण मगरको अभिनय रहनेछ । प्रेम कथामा आधारित ’खुस्मा’ एम मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुनेछ। फिल्मलाई गोबिन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्नेछ।

Leave A Reply

Your email address will not be published.