काठमाडौँ,
नेपाल धितोपत्र बोर्डको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर आईपीओ निष्कासनसम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ।
हिजो दिउँसो अख्तियारको टोली धितोपत्र बोर्डको कार्यालय खुमलटार पुगेर आईपीओ निष्कासन पाइपलाइनमा रहेका ८९ कम्पनीका कागजपत्र नियन्त्रणमा लिएको हो ।
बोर्डका अध्यक्षलाई बिचौलियामार्फत साधारण शेयर ९आईपीओ० निष्कासनको स्वीकृतिका लागि कमिसन मागेको आरोप लागेपछि अख्तियारले छापा मारेको हो ।
यसैबीच धितोपत्र बोर्डले अध्यक्षको नाम लिई कुनै पनि प्रकारको आर्थिक वा अन्य गैरकानूनी फाइदा लिने कार्य गरेको जानकारी भएमा तथ्यगत विवरण उपलब्ध गराउन चुनौती दिएको छ ।
बोर्डले निकालेको विज्ञप्तिमा यदि कसैले बोर्ड अध्यक्षको नाम लिई कुनै पनि प्रकारको आर्थिक वा अन्य गैरकानूनी फाइदा लिने कार्य गरेको जानकारी भएमा तथ्यगत विवरण उपलब्ध गराएमा सम्बन्धित उपर आवश्यक कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइने उल्लेख छ । अध्यक्षले कमिसन मागेका समाचार प्रायोजित रहेको बोर्डको दाबी छ ।