सुचना, समाचार र मनोरन्जन

प्रदीप खड्काको ‘एक्टर’मा दिव्या रायमाझी

काठमाडौं :

अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘एक्टर’मा नवअभिनेत्रीका रुपमा दिव्या रायमाझी जोडिएकी छन्। निर्माणपक्ष र दिव्याका तर्फबाट उनका अभिनेता पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीबीच फिल्मका लागि कागजी संझौता भएको छ ।

निर्माण पक्षका अनुसार दिव्याले भर्चुअल कुराकानीपछि फिल्ममा काम गर्न सहमति जनाएकी थिइन्। अमेरिकामा अध्ययनरत रहेकी दिव्याले कथावस्तु र आफ्नो भूमिका मन परेपछि दिव्याले यो फिल्ममा काम गर्न राजी भएको बताएकी छिन्। दिव्या अब यही फिल्मका लागि केही सातापछि नेपाल आउँदैछिन्।
फिल्ममा नायिका आना शर्मा र नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका रहनेछ। राजन भुसालको निर्देशन रहने फिल्ममा थमनकुमार भण्डारीको लगानी छ। अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल छन्।
फिल्मको छायांकन वैशाख पहिलो साताबाट सुरु हुनेछ। फिल्मलाई आगामी वर्षको कात्तिक १५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ। यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ । फिल्ममा रित बोहरा सहयोगी निर्देशकको रुपमा रहेका छन्।
Leave A Reply

Your email address will not be published.