इजरायली विमानले पूर्वी लेबनानको बालबेक सहरको आवासीय भवनलाई लक्षित गरी आक्रमण गर्दा चार जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको जनाइएको छ।
उद्धार टोलीहरूले अझै पनि क्षेतिग्रस्त भवनको भग्नावशेषमुनि फसेका मानिसहरूलाई निकाल्ने काम गरिरहेको लेबनानी राष्ट्रिय समाचार एजेन्सीले रिपोर्ट गरेको छ।
इजरायली सेनाले यस अघि नै लेबनानका बासिन्दाहरूका लागि निकासी चेतावनी जारी गरेको थियो।
यस अघि लेबनानको स्वास्थ्य मन्त्रालयले माउन्ट लेबनान गवर्नरेटको आरामौन र सादियातका क्षेत्रलाई लक्षित गरी गरेको इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको घोषणा गरेको थियो।