सुचना, समाचार र मनोरन्जन

दिव्यापछि ‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको इन्ट्री

काठमाडौं :

निर्माणको चरणमा रहेको फिल्म ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ। यो फिल्ममा आशीर्वादको साथमा अभिनेत्री दिव्या रायमाझी प्रमुख भूमिका रहने निर्देशक अभि श्रेष्ठले पुष्टि गरे।
यसअघि अभिनेत्री दिव्या रायमाझी अनुबन्ध भइसकेकी छन्।

Chaka Panja

केही समयदेखि कार्यशालामा रहेको यो फिल्म वन टु थ्री स्टुडियोज प्रालिको ब्यानरमा निर्माण हुँदैछ। छायाङ्कनका लागि तयारीको अन्तिम चरणमा रहेको यसको छायाङ्कन निर्देशन श्याम तामाङले गर्नेछन्।

एक समयको चर्चित टेलिभिजन शो ‘प्ले इट अन’का समूहद्वारा निर्माण हुन लागेको ‘माया प्रीति’लाई प्राविधिक, क्रियटिभ र व्यवस्थापनमा अनुभव भएका टिमले निर्माण गरिरहेको हुँदा यसलाई एक प्रतीक्षित रुपमा हेरिएको छ।

Leave A Reply

Your email address will not be published.