“NCICK डिजिटल एक्सपो नेपाल २०२५” को उद्घाटन कार्यक्रम यही आउँदो असार २० गते हुने भएको छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ (ल्ऋक्ष्ऋप्) ले “नेपाली बजारको डिजिटलीकरण मार्फत नेपालको आर्थिक रूपान्तरण” भन्ने अभियान अन्तर्गत दोस्रो गते गर्दै डिजिटल व्यापार मेला कार्यक्रमको शुभारम्भ हुन लागेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) सँग आबद्ध रही यस संघले निजी क्षेत्रको समग्र विकासका लागि विभिन्न पहल र कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । यही सिलसिलामा आयोजना गर्न लागिएको डिजिटल एक्सपो नेपालको आर्थिक, व्यापारिक तथा औद्योगिक समृद्धिका लागि यो कार्यक्रम एक महत्वपूर्ण कदम हुनेछ ।
दोश्रो NCICK डिजिटल एक्सपो नेपाल २०२५ ले नेपाली स्थानीय बजार , स्वदेशी उत्पादन र अन्तर्राष्ट्रिय उत्पादनहरूलाई मेलामा सहभागी गराउने लक्ष्य लिएको छ । ठूला , स्वदेशी उद्योगका उत्पादन, प्रचार , प्रसार र व्यापार प्रवद्र्धनका साथै यस डिजिटल व्यापार मेलाले आधुनिक संचार प्रविधिमा सिमित पहुँच भएका साना तथा मझौला उद्यमी (SMEs) हरु र साना तथा लघु उद्यमीहरुलाई डिजिटल बजार संग जोड्दै SMEs को सशक्तिकरणको लागि सहयोगी हुनेछ ।
डिजिटल प्रविधियुक्त यो एक्सपोमा प्रदर्शक, आगन्तुक र आयोजकका लागि विशेष डिजिटल सुविधा सहित ”3D Stall Navigation” को प्रयोग गरिनेछ , जसले संसारभर बाट मेलाको अवलोकन गर्न सकिने अत्याधुनिक अनुभव प्रदान गर्ने विश्वास गरिएको छ ।
सो अवसरमा सम्पूर्ण नजी , सरकारी निकायहरू, संस्थाहरू, व्यवसायी, उद्यमी तथा उद्योगप्रेमी महानुभावहरूलाई यस विशेष अभियानमा सहभागी भई प्रायोजन वा स्टल बुकिङमार्फत साथ दिन आग्रह गरिएको छ ।