सुचना, समाचार र मनोरन्जन

एन्ड्रोइड आईओएस तथा वेब प्लेर्टफर्ममा प्रयोग गर्न मिल्ने ‘डिजिटल पात्रो’ एप सार्वजनिक

पोखरा,
नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै एन्ड्रोइड आईओएस तथा वेब प्लेर्टफर्ममा प्रयोग गर्न मिल्ने डिजिटल पात्रो एप सार्वजनिक गरेको छ । विज्ञापनरहित र अफलाइन फस्र्ट अवधारणामा विकास गरएको यो एपले चाडपर्व, विशेष दिन तथा कार्यक्रमका लागि सजिलै सामाजिक सञ्जाल पोस्ट तयार गर्न मल्ने पोस्ट जनेरेटर सुविधा  प्रदान गर्छ।

डिजिटल पात्रो एपले ई.स,वि.सं, मिति, सुर्योदय–सुर्यास्त समय, पञ्चाङग, राशिफल, रिमाईन्डर, मिति रुपान्तरण, मुहुर्त,रेडियो, विदेशी विनिमय दर(फरेक्स) लगायत अन्य सुविधा प्राप्त गर्न सक्नेछन । विशेषतः पोष्ट जेनेरेटर फिचरमार्फत प्रयोगकर्ताले चाडपर्व, विशेष दिन वा कार्यक्रमको लागि आफ्नै थिम, रङ र डिजायन अनुसार सामाजिक सञ्जाल पोस्ट सजिलै तयार पार्न सक्छन । एपलाई पाच सयभन्दा बढी प्रयोगकर्ताले शक्रिय रुपमा प्रयोग गरिरहेका छन । एप निर्माता कम्पनी YHH IT Solutions का प्रबन्ध निर्देशक सुदिप भण्डारीका अनुसार डिजिटल पात्रो सधै बिज्ञापनरहित रहनेछ । “ग्रहाकले छिटो छरितो र सहज रुपमा सेवा प्राप्त गरुन भन्ने उदेश्यले डिजिटल पात्रो संचालनमा ल्याईएको हो” उनले भने ।

डिजिटल पात्रोमा होम स्क्रिन विजेट, नोटिफिकेसन बारमै मिति देखाउने सुविधा, तथा वेबसाईटका लागि वेब विजेटहरु उपलब्ध छन । कम्पनीले आगामी दिनमा पोस्ट जेनेरेटरलाई अझै परिस्कृत बनाउने र संस्था तथा व्यवसायीहरुले आफ्नै पात्रो बनाई सेयर गर्नसक्ने अर्गनाइजेसनल क्यालेण्डर फिचर थप गर्ने योजना रहेको निर्देशक भण्डारीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.