Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- विश्व मुटु दिवसमा कलाकार र डाक्टरहरूबीच मैत्रीपूर्ण फुत्सल प्रतियोगिता
- भव्यतापूर्वक मनाइयो गीतकार सङ्घको वार्षिकोत्सव,निर शाह सहित ६ जनालाई सम्मान र पुरस्कार
- सुशील र न्यान्सी अभिनित ‘अक्षरा’ शुक्रबार रिलिज हुँदै, उग्रसेन र सुग्रसेनको लगानी
- मंसिर १७ मा आउँदै रेखा र पूजाको ‘छत्तीसको आँकडा’, निरुताको जन्मदिनमा घोषणा
- सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि गान्तोकमा नेपथ्यको कन्सर्ट, चिफ पेट्रोनमा सञ्जित खरेल
- विजय बरालको अनौठो लुक्ससहित पोस्टर रिलिज गर्दै चलचित्र ‘जिरो डिग्री’को प्रदर्शन मिति घोषणा
- पल, मलिका र आकाशको ‘आ बाट आमा २’ को नयाँ गीत ‘अचेल किन कान्छी’ धमाकेदार नृत्य
- हिमपात रोकिएपछि सिमकोट–हिल्सा सडकको हिउँ हटाउन सुरु
- यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु
- दशैँ महोत्सव सफल बनाउन पोखराका पर्यटन क्षेत्रको सामूहिक प्रतिबद्धता
‘डिग्री माइला’को गफाडी प्रतियोगिता घोषणा
काठमाडौं :
चैत ३० गते रिलिज हुने दयाहाङ राई स्टारर सिनेमाले गफाडी प्रतियोगिता घोषणा गरेको छ। सिनेमाको निर्माण पक्षले सिनेमाको शिर्षक पात्र ‘डिग्री माइला’ पात्र बनेर आफ्नै बारेमा गफ दिएर भिडिओ पठाउन आव्हान गर्दै सर्वोत्कृष्ट हुनेलाई अनर ब्राण्डका मोबाइल पुरस्कार दिने घोषणा गरेको छ।
घोषणा अनुसार प्रतियोगितामा भाग लिने प्रतियोगीले ‘डिग्री माइला’ पात्र बनेर आफ्नै गफ दिदैं भिडिओ बनाउनुपर्नेछ। सो भिडिओ अधिक्त्तम ३ मिनेट सम्मको हुनुपर्नेछ। यस्तै कम्पनीको बासुरी फिल्मस् नामक यूट्यूब च्यानलसमेत सस्क्राइब गरेको हुनुका साथै पोस्ट गरिएको भिडिओमा ‘डिग्री माइला’ सिनेमाको नाम र रिलिज मिति लेखिएको हुनुपर्नेछ। सहभागी हुने प्रतियोगीले निम्न ह्यासट्याग प्रयोग गर्नुपर्नेछ।
#DailogueCompetition #DegreeMaila #Chaitra30 यसरी बनाइएको भिडिओलाई यो सिनेमाको निर्माण गर्ने कम्पनी बासुरी फिल्मस्लाई ट्याग गर्दै फेसबुकमा पोस्ट गर्नुका साथै [email protected] मा इमेल गर्नुपर्नेछ। प्रतियोगीले चैत २७ गतेसम्म आफ्नो भिडिओ माथि उल्लेखित सर्तहरु पूरा गर्दै पोस्ट गरिसक्नुपर्नेछ। यस प्रतियोगिताका विजेताले अनर मोबाइलको ‘एक्स नाइन बि फाइभजी’ पुरस्कारस्वरुप पाउनेछन् भने दोश्रो र तरेश्रो हुनेले क्रमश: ‘एक्स एट बि’ तथा ‘एक्स सेभेन बि’ मोडलको मोबाइल प्राप्त गर्नेछन्।
यसका अलावा सन्त्वना पुरस्कारस्वरुप यो सिनेमाको ५० वटा टिकट प्रदान गरिनेछ। रामबाबु गुरुङ निर्देशित सिनेमामा दयाका अलवा आँचल शर्मा, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल आदिको अभिनय रहेको छ।