सुचना, समाचार र मनोरन्जन

दिनेश ‘काजी’को संगीतमा ‘यो मन मेरो दोमन भो’

काठमाडौं :

संगीतकार दिनेश ‘काजी’ बान्तावाको संगीतमा ‘यो मन मेरो दोमन भो’ गीतको भिडियो सार्वजानिक भएको छ । किसन राई अफिसियलबाट गीतको भिडियो रिलिज भएको हो।

उक्त गीतलाई वरिष्ठ संचारकर्मी तथा गीतकार अमर धोज लामाले लेखेका हुन् भने एरेन्ज, मिक्सिङ्ग, माष्टरिङ्ग देबेश राईको छ। सेवा रेकर्डिङ्गमा रेकर्ड गरिएको गीतको म्यूजिक भिडियोमा एलिसा राईले अभिनय गरेकी छन्। उनका साथमा निर्मल कुमार लामा(बिजी), मन्जित वाईबा, अन्जन मोक्तान कान्छा र स्वयम् गायक किसन राई समेतले अभिनय गरेका छन् ।

Chaka Panja

डोल्मोको सौन्दर्यता र जीवनशैलीलाई मन पराउने भिन्न भिन्न उमेर समुहका युवाहरुको डोल्मोप्रतिको आकर्षणलाई भिडियोको बिषयवस्तु बनाइएको छ । भिमफेदी गाईजका निर्मल कुमार लामा(बिजी)ले निर्देशन गरेको भिडियोमा सिनेमाटोग्राफी, भिडियो सम्पादन तथा कलरिङ्ग पवन सुस्लिङ्गको छ।

यस अघि संगीतकार बान्तावाको संगीतमा ‘हुरुक्कै भए म’, ‘गर्मी भयो धरान’, ‘मेरो मुटु भन्छौ मलाई’, ‘मार्याे सुड्डोले’ लगायत गीत चर्चामा थिए। उनका केहि गीतहरु बजारमा आउने तयारीमा समेत रहेका छन्।

Leave A Reply

Your email address will not be published.