सुचना, समाचार र मनोरन्जन

दीपकराज गिरीको नजरमा बालेन शाह क्रान्तीकारी

काठमाडौं :

हास्यकलाकार तथा निर्देशक दीपकराज गिरी बेला बेलामा समसामयिक विषयमा बोकेर चर्चामा आउने गरेका छन्। राजनिति तथा सामाजिक विषयमा निकै चाख राख्दै आएका कलाकार उनले काठमाडौंका मेयरलाई क्रान्तीकारी जस्तो लाग्ने बताएका छन्।

Protin

उनले बिहिबार सामाजिक सञ्जालमार्फत केहि निर्णय बाहेक बालेन आफुलाई क्रान्तीकारी लाग्ने बताएका हुन्।

उनले लेखेका छन्,‘१,२ वटा निर्णय बाहेक प्रायः निर्णयहरू हेर्दा बालेन शाह रियल क्रान्तिकारी जस्ता लाग्छन्।’

उनको लेखाईमा कमेन्टकर्ताले चुनावताका नै आफुहरुलाई बालेन क्रान्तीकारी लाग्ने गरेको उल्लेख गरेका छन्। कतिपयले कलाकार गिरीलाई बल्ल चाल पाउदैछौ भन्दै हाँसेका छन्।

Leave A Reply

Your email address will not be published.