गण्डकी/
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट पनि दोषी ठहर भएका छन ।
सर्वोच्चले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले २०६९ सालमा ५ वर्ष कैद सजाय भनि गरेको फैसलालाई सदर गरेको हो ।
तत्कालीन पुनरावेदन अदालत पाटनले ५ वर्ष कैद सजाय सुनाएपछि मनाङे पक्राउ परेका थिए । तर १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार उनी रिहा भएका थिए ।
सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य चुनिए भने पटक पटक मन्त्री बनिसकेका छन।