सुचना, समाचार र मनोरन्जन

‘रुकुम मैकोट’ डेढ महिनादेखि युट्युवको ग्लोबल ट्रेन्ड्रिङमा

काठमाडौं :

सुपरहिट नेपाली फिल्म ‘खुस्मा’मा समावेश गीत‘रुकुम मैकोट’ युट्युवको ग्लोबल ट्रेन्ड्रिङमा रहेको छ । डेढ महिनादेखि ग्लोबल ट्रेन्डिङमा रहेको हो। असोज ६ गतेदेखि सूचीमा समावेश यो गीत ८३ औं स्थानमा बसेको छ। लोकशैलीमा रहेको यो गीतमा एसडी योगीको संगीत रहेको छ। आज मंगलबारसम्म ५ करोडभन्दा धेरै पटक हेरिएको यो गीतमा झण्डै ९ हजार जति प्रतिक्रिया आएका छन्। प्रतिक्रिया पनि अधिकांश सकारात्मक रहेका छन्।

Pach Pandav

‘रुकुम मैकोट’ असोज पहिलो साता ग्लोबल ट्रेन्ड्रिङको ५९ औं स्थानमा रहेको यो गीतको भिडियोमा धीरज मगर र उपासनासिंह ठकुरीको नाच रहेको छ। यसअघि नेपाली गीत ‘कश्मिरे पछ्यौरी’ पनि झण्डै दुई साता ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ भएको थियो। अशोक थापा मगरको कथा तथा निर्देशन रहेको यो फिल्मलाई दर्शकले अत्यधिक मन पराएका थिए।

Leave A Reply

Your email address will not be published.