सुचना, समाचार र मनोरन्जन
IVF New Banner

दीपक मनाङ्गेको ‘कङ्गारु’मा माग्नेबुढापछि भित्रिए अर्पण थापा

काठमाडौं :

‘लाखे’ फेम्ड निर्देशक साम्राट बस्नेतको निर्देशनमा बन्ने फिल्ममा धमाधम कलाकार भित्राउन थालिएको छ। दीपक मनाङ्गेको निर्माणमा बन्न लागेको फिल्म ‘कङ्गारु’मा केदार घिमिरे ‘माग्ने बुढा’पछि अर्को मुख्य भूमिकामा अभिनेता अर्पण थापालाई अनुबन्धित गरिएको छ।

sfal

थापा र फिल्मको निर्माण पक्षबीच मंगलबार काठमाडौंमा कागजी सम्झौता भएपछि निर्माण पक्ष फ्लोरमा जाने तयारीमा छ। सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण हुन लागेको फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् । फिल्मको सह–निर्मातामा रोनिश बहादुर बस्नेत छन् ।

फुलमुन मोसन पिक्चर्स तथा उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टले सहकार्यका निर्माण हुन लागेको फिल्ममा टीका भण्डारी र सन्तोष अधिकारी (अष्ट्रेलिया) कार्यकारी निर्माता रहेका छन् । सीमा गुरुङको कथा लेखन तथा महेश दवाडीको पटकथा रहेको फिल्ममा प्रोडक्सन डिजाइनर दीलिप पन्त हुन्।

Leave A Reply

Your email address will not be published.