काठमाडौं :
अभिनेत्री दीपिका प्रसाईं आमा बन्न लागेकी छन्। उनका श्रीमान तथा ‘मायावी’ का निर्देशक दिवाकर भट्टराईले दीपिकाको प्रेगनेन्सी फोटो फोटो सामाजिक सञ्जालमा शेयर गर्दै जानकारी दिएका हुन्।
फिल्म ‘मायावी’ सुटिङका बेला उनी आमा बन्न लागेको खबर सार्वजनिक भएका थिए। तर, त्यतिबेला निर्देशक तथा दीपिकाका श्रीमान दिवाकर भट्टराईले त्यो समाचार हल्ला भएको जिकिर गरेका थिए। तर उनले यो कुरालाई धेरै समय लुकाई राख्न सकेनन्। उनले अन्तत अंग्रेजी नयाँ वर्षको अवसर पारेर दीपिकाको ‘प्रेगनेन्सी’ भएको फोटो रिलिज गरेका हुन्।
‘तिम्रो अनि मेरो जीवनको सबैभन्दा महत्वपूर्ण अनि सुन्दर परिचय थपिएको छ माया ! तिमी आमा बन्दै छौं अनि म बाबा,’ दिवाकरले लेखेका छन्,‘अनि म कति खुसी छु तिमीलाई कति धेरै माया गर्छु यो अनुभूति भन्नलाई यो शब्द अरु अपुरो छ मलाई थाहा छ तिमीले बुझेको छौ यो हाम्रो जीवनको अनि प्रेमको सुन्दर यात्रा हो माया । जीवनभर तिमीसँगै यसैगरी हिंड्न पाइराखौं यही एउटा चाहना छ । ह्याप्पी न्यु इयर ।’
चार वर्षअघि विवाह बन्धनमा बाँधिएका दिवाकर र दीपिकाले विभिन्न व्यवसायमा समेत हात हालेका थिए। उनीहरुको पछिल्लो फिल्म भने ‘मायावी’हो। जुन केहि दिन अघि सुटिङ सकिएको छ।