सुचना, समाचार र मनोरन्जन

जापानमा खिचिएको ‘जुनी भरीलाई’को भिडियोमा लक्ष्मण र लक्ष्मी

काठमाडौं :

‘द भ्वाइस अफ नेपाल सिजन ३’ का फाइनलिष्ट गोविन पुनले आफ्नो नयाँ सांगीतिक सौगात ‘जुनी भरीलाई’ सार्वजनिक गरेका छन्। युवा प्रेम र आकर्षणको भावानालाई समेटिएको यस गीतमा शब्द धर्मेन्द्र पुर्जाको रहेको छ भने संगीत स्वयम् गायक पुनको छ। गीतलाई कमल रानाले संगीत संयोजन गरेका हुन्।

जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको यस गीतको म्युजिक भिडियोमा लक्ष्मण पुन लक्स र लक्ष्मी पुर्जा बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। गोविन्द विष्टले छायाँकन गरेको यस भिडियोलाई लक्ष्मण पुन लक्सले सम्पादन गरेका हुन्। मिंग्मा शेर्पाको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ’बेजिला फिल्म्स’को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

Chaka Panja

लामो समयदेखि कलाकारिता र निर्देशनमा सक्रिय लक्ष्मण पुन लक्स मिस्टर इन्टरनेशनल २०१० का विजेता समेत हुन्। स्वर्गीय आलोक नेम्वाङको निर्देशनमा ६ वटा भिडियोमा अभिनय गरेका पुनले अभिनेत्री नम्रता श्रेष्ठ , दिया मास्के , विनिता बरालसंग सहकार्य गरिसकेका छन्।
नेपाली चलचित्र ‘डु यु लभ मी’ मा मुख्य भूमिकामा काम गरेका पुनले बिरेन्द्र हमालबाट अभिनयको प्रशिक्षण समेत लिएका थिए।

थुप्रै चर्चित गायकहरुको भिडियोहरुमा अभिनय गरेका पुन अभिनयको अलावा भिडियो सम्पादन र निर्देशनमा समेत अब्बल छन्। यसअघि पुनको अभिनयमा रहेको ‘अलि अलि’ बोलको म्युजिक भिडियो दर्शक स्रोतामाझ लोकप्रिय छ।

Leave A Reply

Your email address will not be published.