सुचना, समाचार र मनोरन्जन

पोखरा लेडी जेसिजको अध्यक्षमा नन्द कुमारी सुवेदी ढुंगाना

पोखरा,

पोखरा लेडी जेसिजको ३३औँ शाखा अधिवेशन तथा ३८औँ वार्षिक साधारण सभाबाट वर्ष २०२७ का लागि नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनले जेसी नन्द कुमारी सुवेदी ढुंगानालाई अध्यक्षमा निर्वाचित गरेको हो।

नवनिर्वाचित अध्यक्ष ढुंगानाले संस्थाको मर्यादामा रहेर महिला सशक्तीकरणका क्षेत्रमा काम गर्ने बताउनुभएको छ। उहाँले महिलाको नेतृत्व क्षमता विकास, व्यक्तित्व विकास तथा सामाजिक सेवाका गतिविधिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Pach Pandav

अधिवेशनबाट कानुनी सल्लाहकारमा जेसी सृजना आले, कार्यकारी उपाध्यक्षमा जेसी शुभद्रा बराल, सचिवमा जेसी विनिता के.सी., कोषाध्यक्षमा जेसी रचना अधिकारी र सहसचिवमा जेसी रेजिना कटुवाल चयन हुनुभएको छ।

त्यस्तै, उपाध्यक्षमा जेसी अन्जना सुवेदी, जेसी एलिशा गुरुङ, जेसी बविता के.सी. र जेसी अस्मिता पौडेल निर्वाचित हुनुभएको छ।

निर्देशकमा जेसी सन्दिपा लम्साल, जेसी एलिशा गुरुङ, सामान पराजुली र जेसी पूजा भण्डारी चयन हुनुभएको छ। शाखा सम्पादकमा करुणा पाण्डे र प्रकरण निर्देशकमा सरिता भुजेल चयन हुनुभएको छ।

पोखरा लेडी जेसिजले नेतृत्व विकास, महिला सशक्तीकरण तथा सामाजिक सेवाका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। नयाँ नेतृत्वले संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउँदै महिला नेतृत्व विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.