सुचना, समाचार र मनोरन्जन

पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा नन्दकुमारी सुवेदी ढुंगाना मनोनीत

पोखरा,

पोखरा उद्योग वाणिज्य संघले कार्यसमितिमा थप एक जना सदस्य मनोनीत गरेको छ। संघकी अध्यक्ष शोभा गौतमले गुड मर्निङ ट्रेड सेन्टरकी सञ्चालक नन्दकुमारी सुवेदी ढुंगानालाई कार्यसमिति सदस्यमा मनोनीत गर्नुभएको हो।

Pach Pandav

संघको विधान २०६५ को पहिलो संशोधनबमोजिम प्राप्त अधिकार प्रयोग गर्दै अध्यक्ष गौतमले ढुंगानालाई कार्यसमिति सदस्यमा मनोनीत गर्नुभएको हो। मनोनीत ढुंगानाले बुधबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

कार्यसमिति सदस्यमा मनोनीत भएपछि ढुंगानाले संघले आफूलाई दिएको जिम्मेवारी र विश्वासप्रति आभार व्यक्त गर्नुभयो। उहाँले प्राप्त जिम्मेवारीलाई सम्पूर्ण उद्योगी तथा व्यवसायीको हितमा उपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

संघले यसअघि व्यवसायी डिल्लीराज सुवेदी र तुलबहादुर थापालाई पनि कार्यसमिति सदस्यमा मनोनीत गरिसकेको छ। संघको विधानअनुसार अध्यक्षलाई कार्यसमितिको सहमतिमा चार जना सदस्य मनोनीत गर्ने अधिकार रहेको छ।

Leave A Reply

Your email address will not be published.