सुचना, समाचार र मनोरन्जन

दिशा पाटनीको घर बाहिर गोलीबारी: गोल्डी ब्रर समूहले लिए जिम्मेवारी

काठमाडौँ।

बलिउड अभिनेत्री दिशा पाटनीको उत्तर प्रदेशको बरेलीस्थित घर बाहिर अज्ञात व्यक्तिहरुले गोली प्रहार गरेका छन्। बिहीबार मध्यराति मोटरसाइकलमा आएका दुई आक्रमणकारीले करिब १२–१४ राउन्ड गोली चलाएका हुन्।

घटनाको बेला घरमा अभिनेत्रीकी आमा, बुबा (पूर्व प्रहरी अधिकारी जगदीश पाटनी) र बहिनी खुश्बू पाटनी थिए, तर कोही घाइते भने भएनन्। गोली लागेर घरको पर्खालमा क्षति पुगेको छ।

यस घटनाको जिम्मेवारी कुख्यात आपराधिक समूह गोल्डी ब्रर ग्याङले लिएको छ। समूहले सामाजिक सञ्जालमार्फत विज्ञप्ति निकाल्दै, “यो केवल ट्रेलर हो” भन्दै धम्की दिएको छ। उनीहरूले पाटनी परिवारमाथि हिन्दू साधु–सन्तबारे गरेको टिप्पणीलाई कारण देखाएका छन्।

मुख्यमन्त्री योगी आदित्यनाथले आक्रमणकारीमाथि कडा कारबाही हुने चेतावनी दिएका छन्। उनले भने, “आक्रमणकारीलाई नर्कबाट पनि निकालेर सजाय दिनेछौँ।”

बरेली प्रहरीका अनुसार पाँचवटा विशेष टोली गठन गरेर अनुसन्धान अघि बढाइएको छ। हालसम्म २५०० भन्दा बढी सीसीटीभी फुटेज संकलन गरी विश्लेषण भइरहेको छ। दिशाका बुबाले प्रयोग भएको गोली “विदेशी बनावटको” भएको दाबी गरेका छन्।

Leave A Reply

Your email address will not be published.