कठमाडौं: रगतको अभावलाई न्यूनिकरण गर्न तिनकुने गैरिगाँऊ स्थित आइएसएमटी कलेज (ISMT College)ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सामाजिक उत्तरदायित्व र अध्ययनरत विद्यार्थीको शैक्षिक क्रियाकलाप अन्तर्गत साथै तत्काल देखिएको रगत अभावलाई मध्यनजर गर्दै हाम्रो एक पटकको रक्तदानले कसैले जीवनदान पाउन सक्छ भन्ने सोचका साथ बुधबार रक्तदान कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा ६२ जना विद्यार्थी, शिक्षक तथा कर्मचारीहरु सहभागी भएको कार्यक्रमका सदस्य बासुदेव वस्तीले जानकारी दिए। थिए। कलेजले बिबिए, विएचएम, बिएस्सी आइटी, साइबर सेक्युरीटी, डिजिटल फरेन्सिक र एमबिए
कार्यक्रम संचालन गरिरहेको छ । साथै आइएसएमटी ग्रुप अन्तर्गत युनिभर्सिटी अफ सनडरल्याण्ड युके कै सम्बन्धनमा नेपालका प्रमुख शहरहरु चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि आफ्ना कलेजहरु संचालनमा छन् ।